सगरमाथा आवसिय मा.विमा पुस्तकविहीन शुक्रबार कार्यक्रमको सुरुवात

सगरमाथा आवसिय मा.विमा पुस्तकविहीन शुक्रबार कार्यक्रमको सुरुवात

रुपन्देही // रुपन्देही देवदह नगरपालिका वडा नं ७ मा रहेको सगरमाथा आवसिय मा.वि ले ‘पुस्तकविहीन शुक्रबार’ कार्यक्रमको सुरुवात गरेको छ। विद्यालयले आधारभूत प्राविधिक ज्ञान र सीप सहितको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरेको हो।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण अधिकारीले विद्यार्थीलाई किताबका अलावा दैनिक जीवनमा काम लाग्ने व्यवहारिक शिक्षा प्रदान गर्दा विद्यार्थीहरुलाई आत्मनिर्भर बन्न समेत मद्दत मिल्ने बताउनुभयो। उहाले यो सरनिय कामको सुरुवात गरेकोमा विद्यालय परिवारलाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभएको थियो।

विद्यालयका संस्थापक प्रिन्सिपल कृष्ण प्रसाद पौडेलका अनुसार ब्याग लेस स्कुलको अवधारणाले बालबालिकाहरुलाई सीपमूलक, जीवनपपयोगी तथा व्यवहारिक शिक्षा प्रदान गर्दा उनीहरुको क्षमताको विकास हुनेमा आशावादी रहेको बताउनुभयो। उहाले शुक्रबारका दिन विद्यार्थीलाई कहिले दुना तथा तपरी खुट्ने, चित्र कोर्ने तथा रङ भर्ने, कृषि सम्बन्धि लगाएत दैनिक जिवनमा आवश्यक पर्ने प्रविधिगत विषयको ज्ञान दिने बताउनुभयो। उहाले कक्षा ८-१० का विद्यार्थीलाई ईलेक्ट्रीक तथा पलम्बिङ्गको समेत तालिम दिईने बताउनुभयो। यसरी प्रदान गरिने शिक्षाबाट विद्यार्थीले दैनिक जीवनमा आइपर्ने व्यवहारिक समस्या सजिलै समाधान गर्न सक्ने उहाले बताउनुभयो।

बिज्ञापन

सोहि अवसरमा विद्यालयमा अध्यनरत विद्यार्थीहरुको दन्त परिक्षण समेत गरिएको थियो। दन्त परिक्षणमा श्री कृष्ण पोलिक्लिनिकको प्राविधिक सहयोग रहेको थियो।

श्रोत:सिम्रिक आवाज

पढ्न छुटाउनु भयाे कि ?

प्रगतिशिल नेपाली समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता

प्रगतिशीलको आयोजनामा गोवामा भलिबल प्रतियोगिता हुने

 मेयर हमालकी छोरीको लागि समाजसेवी सुनिल र लोकेन्द्रको महत्त्वपूर्ण भुमिका, गोवा पुलिस सम्म पुग्यो खबर भोलि नै सत्यता बाहिरिने 

गरिब हुनुको सजाय ,श्रीमान को लास जलाउने पैसा छैन

ब्रेन ट्युमर पिडित दक्षिणालाई मनिष परियारको पहलमा 70 हजार सहयोग संकलन

समीक्षा र समरिकाको बिचमा फसे प्रकाश गिरी |बन्यो यस्तो हिट गित|