रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरणमा २०८० जेष्ठ २३ गतेका दिन ६३ जना बालबालिकाहरुलाई १ जोर स्कुल ड्रेस ५ थान कापी ५ थान डटपेनको दरले बितरण गरि कार्यक्रम सम्पन्न भएको छ ।
रौतामाई गाउँपालिका वडा न १ को विभिन्न बिधालयहरुमा अध्ययन गर्ने अति बिपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर उकास्नको लागि नियमित बिधालय आउन सहज बनाउन सामाग्रीहरु बितरण गरिएको वडा सचिब पदम बहादुर कार्किले बताउनु भयो ।

उक्त कार्यक्रम आब २०७९र८० मा रौतामाई गाउँपालिका वडा न १ को बालबालिका लक्षित कार्यक्रम अन्तर्गत ६३ जना बिपन्न बालबालिकाहरुलाई स्कुल ड्रेस, कापी र डटपेन बितरण गरिएको छ साथै आगामी बर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै रौतामाई गाउँपालिका वडा न १ लाई बालमैत्री वडा घोषणा गर्ने योजना रहेको वडा अध्यक्ष रुद्र बहादुर कार्किले बताउनु भयो ।

बिज्ञापन

कार्यक्रममा बिधालयको सिफारिसमा सामाग्रीहरु बितरण गरिएको हो । उक्त कार्यक्रममा वडा अध्यक्ष , वडा सदस्यहरु, शिक्षक अभिभाबक लागायत सरोकारवालाहरुको उपस्तिथि रहेको थियो उक्त सामाग्री बितरण कार्यक्रमको सन्चालन वडा सचिब पदम बहादुर कार्किले गर्नु भएको थियो ।

श्रोत:भोरोसा न्यूज

पढ्न छुटाउनु भयाे कि ?

प्रगतिशिल नेपाली समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता

प्रगतिशीलको आयोजनामा गोवामा भलिबल प्रतियोगिता हुने

 मेयर हमालकी छोरीको लागि समाजसेवी सुनिल र लोकेन्द्रको महत्त्वपूर्ण भुमिका, गोवा पुलिस सम्म पुग्यो खबर भोलि नै सत्यता बाहिरिने 

गरिब हुनुको सजाय ,श्रीमान को लास जलाउने पैसा छैन

ब्रेन ट्युमर पिडित दक्षिणालाई मनिष परियारको पहलमा 70 हजार सहयोग संकलन

समीक्षा र समरिकाको बिचमा फसे प्रकाश गिरी |बन्यो यस्तो हिट गित|