यसपालि गोवाका 4 ठाउँमा नेपाली तिज कार्यक्रम हुने |कसले कहाँ गर्दैछन हेर्नुहोस|

यसपालि गोवाका 4 ठाउँमा नेपाली तिज कार्यक्रम हुने |कसले कहाँ गर्दैछन हेर्नुहोस|

 

गोवा अपडेट

बिज्ञापन

 

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गोवामा पनि स्वतन्त्र युवा , तथा सामाजिक संघ सस्थाहरुको आयोजनामा गोवाका चार स्थानमा तिज बिशेष सांस्कृतिक कार्यक्रम हुने भएका छ !!

 

 

साउथ गोवाको वास्कोमा पशुपति युवा क्लबले बर्षौ पहिले देखि नै निरन्तर कार्यक्रम गर्दै आएको छ भने , नर्थ गोवाको मराठी हलको सभाहल पर्वरिममा पनि नेपाली एकता मञ्च भारतले यसै गरि बर्षौ देखि तिज विशेष  सांस्कृतिक कार्यक्रम गर्दै आएको छ !!!

 

यसै बिच मुख्य आकर्षणको रुपमा भने पन्जिममा हुने कार्यक्रम लाई हेरिएको छ !!

गोवा तिज धमाका 2080 समितीको आयोजनामा हुन लागेको कार्यक्रममा नेपाल बाट अाउने चर्चित कलाकार राम्जी खाँण प्रेम बिवस घर्ती प्रकाश गिरी लगायत गोवामा रहेका चर्चीत गायक प्रकाश वि.सी., गायिका प्रिती स्वर्णाकार, गायक श्याम कुमार वि.सी मोडल प्रकाश गीरी, विरु पुन , गायक कमल वि.सी., मोडल जुनु मगर संगै स्थानिय स्तरका सम्पुर्ण कलाकार तथा स्रष्टा सर्जकहरुको उपस्थिति र प्रस्तुती रहने आयोजक समितीले जानकारी दिएको छ !!

 

 

स्वतन्त्र  नौ जना युवाहरु मिलेर पन्जिममा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय कलाकारहरुको साथमा भब्य कार्यक्रम सम्पन्न हुदैछ, यसकारण पनि पन्जिममा हुने कार्यक्रम लाई विशेष ,रुपमा हेरिएको छ !

त्यसैगरि मापुसामा हुने कार्यक्रम भने स्थानीय स्तरका कलाकार  सामाजसेवी नेता कार्यकर्ता युवाहरुको अगुवाइमा प्रगतिशिल नेपाली समाज भारत  र गोवा नेपाली समाज गोवाको संयुक्त आयोजनामा तिज विशेष कार्यक्रम हुदैछ !!

 

पन्जिममा हुने कार्यक्रम स्थान , तालीगाँऊ पञ्चायत हल मा रहेको छ भने मापुसामा हुने कार्यक्रम स्थान नोभासिटी मयुरा होटेलको सभाहलमा सम्पन्न हुदैछ ! यी 4 वटै कार्यक्रम यहि सेप्टेम्बर 18 तारिख सोमबारका दिन हुनेछन !!

 

गोवामा रहनु हुने, नेपाली बासी सम्पुर्ण दाजु भाइ दिदी बहिनी हरु आफुलाई पायक पर्ने स्थानमा गएर मनोरञ्जन लिन सक्नु हुनेछ !!

 

 

गोवा नेपाली टिभी परिवार

पढ्न छुटाउनु भयाे कि ?

प्रगतिशिल नेपाली समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता

प्रगतिशीलको आयोजनामा गोवामा भलिबल प्रतियोगिता हुने

 मेयर हमालकी छोरीको लागि समाजसेवी सुनिल र लोकेन्द्रको महत्त्वपूर्ण भुमिका, गोवा पुलिस सम्म पुग्यो खबर भोलि नै सत्यता बाहिरिने 

गरिब हुनुको सजाय ,श्रीमान को लास जलाउने पैसा छैन

ब्रेन ट्युमर पिडित दक्षिणालाई मनिष परियारको पहलमा 70 हजार सहयोग संकलन

समीक्षा र समरिकाको बिचमा फसे प्रकाश गिरी |बन्यो यस्तो हिट गित|