सङ्क्रमण बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै

सङ्क्रमण बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी स्वास्थ्यका मापदण्ड पालना नगर्नुजस्ता कारणले सङ्क्रमण बढेको पाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताए । उनका अनुसार ०.५ प्रतिशतसम्म झरेको सङ्क्रमणको दर अहिले ६ प्रतिशत पुगेको छ । “भारतमा जुन हिसाबले सङ्क्रमण बढेको थियो । सोहीअनुसार नेपालमा अहिले सङ्क्रमण धेरै नै बढेको हुनुपर्ने हो”, उनले भने, “तर नेपालमा भारतमा बढेको जस्तो भने बढेको छैन ।”

बिज्ञापन

नेपालमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा कम चार जनामा देखिएको थियो । सङ्क्रमण बढ्दा सक्रिय सङ्क्रमित पनि बढिरहेका छन् । अहिले २९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । असार १ गते तीन हजार ९०५ जनामा परीक्षण गराउँदा २५ जनामा सङ्क्रमण भएकामा हिजो असार १७ गते दुई हजार ८१४ जनामा परीक्षण गर्दा दोब्बरमा सङ्क्रमण देखिएको छ । असार १७ गते ५० जनामा सङ्क्रमण देखिएको छ ।

श्रोत:भोरोसा न्यूज

पढ्न छुटाउनु भयाे कि ?

प्रगतिशिल नेपाली समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता

प्रगतिशीलको आयोजनामा गोवामा भलिबल प्रतियोगिता हुने

 मेयर हमालकी छोरीको लागि समाजसेवी सुनिल र लोकेन्द्रको महत्त्वपूर्ण भुमिका, गोवा पुलिस सम्म पुग्यो खबर भोलि नै सत्यता बाहिरिने 

गरिब हुनुको सजाय ,श्रीमान को लास जलाउने पैसा छैन

ब्रेन ट्युमर पिडित दक्षिणालाई मनिष परियारको पहलमा 70 हजार सहयोग संकलन

समीक्षा र समरिकाको बिचमा फसे प्रकाश गिरी |बन्यो यस्तो हिट गित|