ब्रेक शुमा ल्याइएको सुनको परिमाण ६० किलो ७८९ ग्राम

ब्रेक शुमा ल्याइएको सुनको परिमाण ६० किलो ७८९ ग्राम

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन जोखेको छ। सुनको तौल ६० केजी ७८९ ग्राम रहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। तर सुन गालेर जोख्न बाँकी छ। मंगलबार साढे १० बजेदेखि जोख्न सुरू हुनेछ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रे‍क शुबाट सुन निकालिएको थियो।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो। उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो।

बिज्ञापन

श्रोत: समाचार खुड्किलो

पढ्न छुटाउनु भयाे कि ?

प्रगतिशिल नेपाली समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता

प्रगतिशीलको आयोजनामा गोवामा भलिबल प्रतियोगिता हुने

 मेयर हमालकी छोरीको लागि समाजसेवी सुनिल र लोकेन्द्रको महत्त्वपूर्ण भुमिका, गोवा पुलिस सम्म पुग्यो खबर भोलि नै सत्यता बाहिरिने 

गरिब हुनुको सजाय ,श्रीमान को लास जलाउने पैसा छैन

ब्रेन ट्युमर पिडित दक्षिणालाई मनिष परियारको पहलमा 70 हजार सहयोग संकलन

समीक्षा र समरिकाको बिचमा फसे प्रकाश गिरी |बन्यो यस्तो हिट गित|