कारुणिक कथाबस्तु सहित गायिका सिन्धु मल्लको गित माझि दाइ सार्बजनिक

कारुणिक कथाबस्तु सहित गायिका सिन्धु मल्लको गित माझि दाइ सार्बजनिक

 

गायिका सिन्धु मल्ल को स्वरमा माझि दाइ बोलको गित भिडिओ सहित बजारमा आएको छ।
कुल बहादुर आचार्य को सब्द संगीत र स्वरमा अडियो तयार भएको छ अग्रज संगीतकार तथा गीतकार सुदाम थापाले यस गीतको अडियो अरेन्ज र भिडिओ निर्देशन छन्।

बिज्ञापन


सदा बहार गायिका सिन्धु मल्ल नेपालकी चर्चित गायिका मध्यकि एक हुन्। गायिका मल्ल को स्वरमा अहिले सम्म नेपालमा हजारौ गीत हरु रेकर्ड भएका छन् भने सय भन्दा बढी गित सुपर हिट चर्चामा छन्।

 

तीज आउन थाल्यो कि गायिका सिन्धु मल्ल को यो गीतले चर्चा पाउन थाली हाल्छ। चिट्टीकै भाछु रे यो रातो साडीले , चुरा र पोते टिकिया रातो सुहाउछ नारीले। यो गीत संसार भरि रहेका नेपालीको मन मन मा बस्न सफल भएको छ। करिब ३० बर्ष बढी नेपाली लोकसंगीत छेत्रमा योगदान दिएकी गायिका मल्ल लाइ नेपाल सरकारले समेत अग्रज बरिस्ट गायिका को दर्जा दिएको छ।

गायिका सिन्धु मल्लले लोक गित मात्रै नभएर सुगम संगीत आधुनिक तथा चलचित्रका धेरै गीतहरु मा स्वर दिएकी छिन्

अब एकै छिन् यो डिजिटल युटुब को दुनिया छोडी बिगत हेरौ।
जुन बेला क्यासेटको जमाना थियो र तपाई हामीले यसरी युटुब मा हैन क्यासेटलाइ टेप रेकर्डमा राखेर गित सुन्ने गर्थिउ। याद छनी है तपाइलाई पनि ?

हो त्यो जमाना देखि कै लोकप्रिय चर्चित गायिका हुन् सिन्धु मल्ल त्यो बेलाका उनका गीतहरु ससुरालीमा भो नजर नलगाउ कान्छी सालीमा। छिया छिया भैसक्यो यो छाती अत्याचार नगर मा माथि छोड धाउन लाइ। आन्दोलन नगर माया पाउन लाइ। चिट्टीकै भाछु रे यो रातो साडीले। झल्झली इ आँखामा। देवर जी को बिहे। धरानको बजारमा। झ्याइ पाराम निरुता सिङ्ग। जस्ता दर्जनौ गीतहरु बजारमा सुपरहिट बनेका थिए र अहिले पनि उत्तिकै चर्चामा छन्।

पछिल्लो समय मा पनि गायिका सिन्धु मल्लका धेरै गीतहरु बजारमा आएका छन् र धेरै दर्सकले उत्तिकै मन पराएका छन् उनको आफ्नै आधिकारिक युटुब च्यानल SINDHU MALLA सर्च गरि तपाइले अहिले पनि हेर्न सक्नु हुनेछ। गायिका सिन्धु मल्ल का लोकप्रिय गीतहरु /

 

यो पटक गायिका मल्ल को स्वरमा माझि दाइ बोलको गित भिडिओ सहित बजारमा आएको छ।
यस गीतमा कुल बहादुर आचार्य को सब्द संगीत र स्वरमा अडियो तयार भएको छ अग्रज संगीतकार तथा गीतकार सुदाम थापाले यस गीतको अडियो अरेन्ज र भिडिओ निर्देशन छन्
गीतको भिडिओ मा नेपाली चलचित्र क्षेत्र कि चर्चित नायिका नम्रता सापकोटा,र कृष्ण रसाल,गौरी आचार्य,श्रीकृष्ण फुंयाल,अम्बिका बिष्ट, शैलु घिमिरे,निशान्त आचार्य,ज्योती पन्थ, पृया पौडेल,संघर्ष सापकोटा विशेषता शाक्य,किसान रिमाल तथा गाउंलेको उत्कृस्ट अभिनय लाइ देख्न सकिन्छ।
भिडिओ यही जेष्ठ १३ गते काठमाडौँ मा एक बिमोचन समारोह खप्तड कृयसन को यु टु ब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको छ।
तपाइले हेर्न छुटाउनु भएको छ भने युटुब मा गएर पुरा भिडिओ हेर्नु होला
चर्चित गायिका सिन्धु माल्लको नया गित माझी दाइ। लाइ थप सफलता मिलोस हाम्रो तर्फ बाट हार्दिक बधाई तथा सुभकामना

पढ्न छुटाउनु भयाे कि ?

नेपाल आइडल सिजन १ का बिजेता बुद्द लामा गुमनाम।

सल्यान कि पवित्रा ओली ४ बर्ष कि छोरि र अपांग श्रीमान छोडेर गोवा फरार

रुकुम का टिकाराम ६ वर्ष देखि भारतमा बेपत्ता

गोवामा प्रगतिशीलको महिला कमिटि गठन

गोवामा ५० घण्टा बेहोस भनिएका चन्द्र प्रसादको निधन लास घर पठाउदै

विश्वकै अग्लो स्थानमा रेस्लिङ खेल समापन